srss.2028@gmail.com 9868881348
Shree Rastriya Secondary School श्री राष्ट्रिय माध्यमिक विद्यालयShree Rastriya Secondary School Bichphanta, Punarbas-9, Kanchanpur स्थापना 2028Bichphanta, Punarbas-9, Kanchanpur Est. 2028
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/परिचयAbout

हाम्रो परिचयAbout Our School

{"ne":"","en":""}{"ne":"","en":""}

Shree Rastriya Secondary School
हाम्रो कथाOur story

श्री राष्ट्रिय माध्यमिक विद्यालयShree Rastriya Secondary School

यस क्षेत्रका मानिसहरु वि.स. २०२६ सालतिर पहाडी भूभाग तथा भारतीय भूभागबाट यस ठाँउमा जग्गा पाइन्छ भनी आएको र यस सिलसिलामा बसोवास भएको पाइन्छ । यस क्षेत्रमा जनआबादी बढेसँगै आफ्ना बालबालिकाहरुलाई शिक्षा दिक्षा दिनुपर्छ भन्ने मनसायले यहाँका समाजसेवी, भद्रभलादमी, शिक्षप्रेमी तथा बुद्धिजीवीहरुको छलफलबाट सुरु भई शिक्षाप्रेमी समाजसेवी आदरणीय व्यक्तीत्व श्री दिनबन्धु अर्यालको संयोजकत्वमा भेला बसी विद्यालय सञ्चालनमा ल्याइयो ।

वि.स. २०२८ साल पौष ७ गते स्थापना भएको यो सुदुर पश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा न. ९ बिचफाँटामा अवस्थित रहेको छ । विद्यालय सञ्चालनको क्रममा वि.स. २०२८ सालमा देशभरि नयाँ शिक्षा लागु भएपछि दरबन्दि सहित स्वीकृती प्राप्त गरेको थियो। सोही अनुरुप २०३० सालमा कक्षा ३ सम्म अनुमती प्राप्त गर्न सफल रहयो । यस विद्यालयले वि.स. २०४४ सालमा कक्षा ४ र वि.स. २०४५ सालमा कक्षा ५ को अनुमती प्राप्त गरी कक्षाहरु सञ्चालनमा ल्यायो । प्रथम पटक तत्कालिन जिल्ला पञ्चायतबाट ३ कोठे जस्तापाता सहितको पक्की भवन अनुदान वापत वि.स. २०३८ सालमा प्राप्त गरी भवन निर्माण गरिएको थियो । यसै प्रकार समय परिवर्तन र जनसङ्ख्या वृद्धिसँगै यस बिचफाँटामा निम्न माध्यमिक तहको आवश्यकता महसुस गरी यसै क्षेत्रका समाजसेवी, शिक्षाप्रेमि तथा बुद्धिजीवीहरुको भेलाबाट वि.स. २०५६ सालमा कक्षा ६ सञ्चालन गरी निम्न माध्यमिक तह सञ्चालनमा ल्याइयो । वि.स. २०५६ सालमा कक्षा ६ को अनुमती प्राप्त गरी सुरु भएको निम्नमाध्यमिक तह वि.स. २०५८ सालमा कक्षा ८ अनुमती प्राप्त गरेसँगै पूर्ण रुपले विद्यालय निम्न माध्यमिक तहको विद्यालय बन्न पुग्यो । वि.स. २०६५ सालमा कक्षा ९ र वि.स. २०६६ सालमा कक्षा १० सञ्चालन गरी उक्त वर्ष नै कक्षा १० को अनुमती प्राप्त गरी यो विद्यालय माध्यमिक तहसम्म सञ्चालनमा आयो । यस प्रकार विद्यालय वि.स. २०२८ सालमा सिमलको रुखको मुनिबाट शुरु गरेर बिभिन्न आरोह र अवरोह पार गर्दै ३७ वर्ष पछि माध्यमिक तहसम्म सञ्चालन हुन सफल भयो।

Around the year 2026 B.S. (1969/70 A.D.), people migrated to this area from hilly regions and Indian territories upon hearing that land was available here, leading to human settlement over time. As the population grew in this area, local social workers, community leaders, education enthusiasts, and intellectuals gathered with the intention of providing education to their children. Under the leadership of the respected social worker and education lover, Mr. Dinabandhu Aryal, a meeting was held, and the school was officially brought into operation.

हाल यस विद्यालयमा माध्यमिक तहमा १ राहत र २ संघीय अनुदान कोटा, निम्नमाध्यमिक तहमा ३ राहत दरबन्दी, प्राथमिक तहमा ३ स्थायी दरबन्दी, १ अस्थायी दरबन्दी र २ राहत दरबन्दी, प्रारम्भिक बालविकासमा २ विद्यायका आधारित र १ सामुदायमा अधारित गरी ३ वटा बालविकास दरबन्दी, १ लेखापाल दरबन्दी, १ कार्यालाय सहयोगी अनुदान दरबन्दी, १ चौकिदार र १ स्विपर गरी कूल जम्मा शिक्षक कर्मचारी मण्डल रहेको छ । यस श्री राष्ट्रिय माध्यमिक विद्यालय वि.स. २०२८ सालमा स्थापना भई हाल माध्यमिक तहको कक्षाहरु सञ्चालन भइरहेका छन् । आजको मितिसम्म सम्पूर्ण शिक्षक कर्मचारीहरु गरी २० जना यस विद्यालयमा कार्यरत रहेका छन् ।

विद्यालयमा हाल सम्म भवन संख्या ७ र कक्षा कोठाहरु २३ वटा रहेका छन् । जसमध्ये ७ वटा अर्ध पक्की जस्तापाता सहितका छन् भने विद्यालयमा फर्निचरहरु आवश्यकता बमोजिम रहेका छन् । विद्यालयमा फर्निचरका साथै विद्युतीय सामग्री र शैक्षिक सामग्रीहरु पनि उपलब्ध रहेका छन् । विद्यालयमा प्रत्येक साल सामाजिक लेखा परीक्षण र महालेखा परीक्षण गरिएकोछ भने हाल आर्थिक अवस्थामा सुधारोन्मुख रहेकोछ । समयको मागसँगै कक्षा ११ र कक्षा १२ सञ्चालन गर्ने लक्ष्य लिइएको छ । विद्यालय हातामा पक्की पर्खाल लगाइएको छ । २ छात्रा शौचालय र २ छात्र शौचालय गरी ४ शौचालय रहेका छन् । जसमध्ये ३ ओटा जीर्ण अवस्थामा रहेकोले मर्मत सम्भार गर्न आवश्यक छ भने २ कोठे १ शौचालय सही रहेको छ ।

Established on Paush 7, 2028 B.S. (December 22, 1971 A.D.), this school is located in Bichfanta, Ward No. 9 of Punarbas Municipality, Kanchanpur District, Sudurpashchim Province. Following the implementation of the New Education Plan nationwide in 2028 B.S., the school received official approval along with sanctioned teacher positions. Accordingly, it successfully gained approval to run up to Grade 3 in 2030 B.S. The school expanded further by obtaining approval for Grade 4 in 2044 B.S. and Grade 5 in 2045 B.S. For the first time, in 2038 B.S., the school received a grant from the then District Panchayat to construct a permanent 3-room building with a corrugated tin roof.

As time passed and the population grew, the community felt the need for a lower secondary level education. In 2056 B.S., a gathering of local social workers, education enthusiasts, and intellectuals decided to start Grade 6, thereby introducing the lower secondary level. Having obtained approval for Grade 6 in 2056 B.S., the school gained approval for Grade 8 in 2058 B.S., officially becoming a full-fledged lower secondary school. Later, it began running Grade 9 in 2065 B.S. and Grade 10 in 2066 B.S. Upon receiving official approval for Grade 10 that same year, the school upgraded to a secondary level institution. Thus, after starting beneath the shade of a Simal tree in 2028 B.S., the school weathered various ups and downs to successfully reach the secondary level after 37 years.

Currently, the staff structure of the school consists of:

  • Secondary Level: 1 Relief position (Rahat) and 2 Federal Grant positions
  • Lower Secondary Level: 3 Relief positions (Rahat)
  • Primary Level: 3 Permanent positions, 1 Temporary position, and 2 Relief positions (Rahat)
  • Early Childhood Development (ECD): 3 ECD positions (2 school-based and 1 community-based)
  • Administrative & Support Staff: 1 Accountant position, 1 Office Helper grant position, 1 Watchman, and 1 Sweeper

In total, 20 teachers and staff members are currently working at Shree Rastriya Secondary School, which was established in 2028 B.S. and presently runs classes up to the secondary level.

To date, the school has 7 buildings and 23 classrooms. Among them, 7 are semi-permanent with corrugated tin roofs, and the school is adequately equipped with furniture. In addition to furniture, electronic equipment and educational materials are also available. The school undergoes annual social and Auditor General audits, and its current financial condition is improving. In line with modern demands, the school aims to introduce Grades 11 and 12 in the future. The school premises are enclosed by a permanent boundary wall. There are 4 toilets in total (2 for female students and 2 for male students); however, 3 of these are in a dilapidated condition and require repair, while 1 two-room toilet is in good condition.

परिचय अभिलेखOfficial records

संस्थागत विवरणInstitutional Details

हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

दर्ता नम्बरRegistration No. 201448869
विद्यालय कोडSchool Code 7201200002
EMIS Code 7201200002
मार्गदर्शनWhat guides us

दृष्टिकोण, लक्ष्य र मूल्यVision, Mission & Values

दृष्टिकोणVision

समन्वय गर्दै आधुनिक शिक्षण विधिहरू अपनाउने। सबै वर्ग र समुदायका विद्यार्थीहरूलाई समान अवसर प्रदान गर्ने। गुणस्तरीय शिक्षामार्फत विद्यार्थीहरूलाई उज्ज्वल भविष्यतर्फ अग्रसर गराउने। शिक्षक तथा कर्मचारीलाई प्रविधिमैत्री प्रशिक्षण दिई शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउने।
To adopt modern teaching methods in coordination with relevant stakeholders. To provide equal opportunities to students from all classes and communities. To guide students toward a bright future through quality education. To make the teaching process effective by providing technology-friendly training to teachers and staff.

लक्ष्यMission

विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई गुणस्तरीय, समावेशी, र प्रविधि-सम्पन्न शिक्षा प्रदान गर्ने। विद्युतीय सामग्री र आधुनिक प्रविधिहरूको उपयोग गरी शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउने। हरेक विद्यार्थीलाई शिक्षाको माध्यमबाट सक्षम, आत्मनिर्भर, र जिम्मेवार नागरिक बनाउने।
To provide quality, inclusive, and technology-enabled education to all students. To make the teaching-learning process effective through the use of digital materials and modern technologies. To mold every student into a capable, self-reliant, and responsible citizen through education.

मूल्यValues

यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु । अभिभावकहरूसँग निरन्तर सम्पर्क राखी विद्यार्थीहरूको उपस्थिति र शैक्षिक प्रगतिबारे जानकारी गराउनु। शिक्षक, कर्मचारी, र प्रशासनबीच साप्ताहिक अन्तर्क्रिया गरी शैक्षिक सुधार सुनिश्चित गर्नु। घरदैलो कार्यक्रममार्फत विद्यार्थी, अभिभावक, र समुदायसँगको सम्बन्ध मजबुत बनाउनु।
To provide quality education to the students of this region. To maintain continuous contact with parents and inform them about their children's attendance and academic progress. To ensure educational improvement through weekly interactions among teachers, staff, and the administration. To strengthen relationships with students, parents, and the community through door-to-door programs.
इतिहासOur history

विद्यालयको इतिहासSchool History

इतिहास विवरण थपिएको छैन।History entries coming soon.

Narayan Prasad Aryal
प्रधानाध्यापकको सन्देशPrincipal's message

नारायण प्रसाद अर्यालNarayan Prasad Aryal

हाम्रो यस पिछडिएको क्षेत्रमा अवस्थित रहेको विद्यालयमा पूर्नवास नगरपालिकाको कार्यालय मार्फत WEBSITE निर्माण गरिदिन लागेको हुँदा हामीलाई धेरै खुसि लागेको छ । यो WEBSITE विद्यालयले नै निर्माण गर्नु पर्ने…We are very delighted that the Punarbas Municipal Executive Office is constructing a website for our school, which is located in this backward region. Ideally, the school itself should have built this…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
Narayan Prasad Jaishi
अध्यक्षको सन्देशChairman's message

श्री नारायण प्रसाद जैसीNarayan Prasad Jaishi

श्री राष्ट्रिय माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ९ को मध्यभागमा अवस्थित एक आदर्श ज्ञान केन्द्रको रूपमा परिचित छ। नेपालको पहाडी भेगबाट रोजगारीको खोजीम…Shree Rastriya Secondary School, located in the central part of Ward No. 9, Punarbas Municipality, Kanchanpur District, Sudurpashchim Province, is known as an ideal center of knowledge. Based on the a…

पूरा सन्देश पढ्नुहोस् →Read full message →